काठमाडाैँ-नक्कली भुटानी शरणार्थी प्रकरणका कसुरदारहरूलाई सजाय ताेकिएकाे छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई कैद सजाय सुनाएको छ। काठमाडौं जिल्ला अदालतले रायमाझी र खाँणसहित १६ जनालाई जेल तथा जरिवानाको सजाय निर्धारण गरेको हो ।
काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई ‘ठगी र संगठित अपराध’ मा सहयोगी (मतियार) को रूपमा दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला सुनाएको छ।
अदालतले पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता टोपबहादुर रायमाझी राज्यविरुद्धको कसुरसहित तीन वटा अपराधमा दोषी ठहर गर्दै ४ वर्ष कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ।
बहुचर्चित नक्कली शरणार्थी प्रकरणमा टेकनाथ रिजाललाई दोषी ठहर गर्दै २ वर्ष कैद र २० हजार रुपैयाँ जरिबानाको फैसला सुनाएको हो ।
डा. इन्द्रजित राईलाई एकीकृततर्फ ४ वर्ष कैद र ४० हजार जरिबाना निर्धारण गरिएको छ ।
हेर्नुहोस् सजाय विवरण :










प्रतिक्रिया