अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशीमा सभामुखले गठबन्धनको आदेशमा संविधान मिच्यो: अध्यक्ष ओली

कोशीमा सभामुखले गठबन्धनको आदेशमा संविधान मिच्यो: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनले सत्ता स्वार्थको लागि संविधान मिचेको आरोप लगाउनु भएको छ।

नेकपा एमाले निकट अखिलको स्ववियु काउन्सिलको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले स्वार्थहरुको कित्ताकाट गरिरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले पनि संविधान लगातार मिच्ने कसैको बहुमत छैन। बहुमत नभएका पार्टीहरु एक ठाउँमा मिलेर, स्वार्थ बाँडेर, देशका हितलाई चकनाचुर पारेर बर्थडेको केक काटे झैं राष्ट्रहका हितहरु काटकुट पारेर बाँडेर सत्ता बनाउने र टिकाउने घीनलाग्दो खेल खेलिरहेका छन्।’

अध्यक्ष ओलीले मरिसकेको नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गरको आरोप लगाउनु भयो ।

उहाँले विधिसम्मत अगाडि बढाउन आफूहरु तयार हुँदाहुँदै पनि संविधान मिचेको आरोप लगाउनु भयो। अध्यक्ष ओलीले भन्नुभयो, ‘सत्ता उन्माद बहुमत आएर धेरै जनताले पत्याएर पनि होइन। गठजोडको अराजनीतिक भागबन्डाको स्वार्थहरुको कित्ताकाटको त्यसैको कारणले अहंकार पलाएर संविधान नमान्ने ठाउँमा पुगिसकेका छन् । मरिसकेको विधेयक मन्त्रिपरिषद्ले प्रमाणीकरण गर्न पठाइयो । सभामुखलाई थाहा छैन ।’

अध्यक्ष ओलीले कोशीमा सभामुखले गठबन्धनको आदेशअनुसार संविधान मिचेको जिकिर गर्नुभयो ।