अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललिता निवास प्रकरणमा माधव नेपाल दोषी देखिए कारवाही गरे हुन्छ: प्रेम आले

ललिता निवास प्रकरणमा माधव नेपाल दोषी देखिए कारवाही गरे हुन्छ: प्रेम आले


काठमाडौं-सत्तारुढ नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ललिता निवास प्रकरणमा पार्टी अध्यक्ष माधव नेपाल दोषी देखिए कारबाही गरे हुने बताउनु भएको छ।

काठमाडौंमा आयोजित ‘दृष्यमा खप्तड’ कार्यक्रमबाट बाहिरिने क्रममा उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो । ललिता निवास प्रकरणमा अध्यक्षको नाम जोडिएको छ नि भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘भ्रष्टाचारको फाइल खोल्नु पर्छ। अपराधीलाई जाक्नु पर्छ । उहाँको मात्रै होइन । जोसकुै होस् कारबाही गर्नुपर्छ। दोषी देखिएर कारवाही गरे हामी मुर्दावाद भन्दै सडकमा आउँदैनौं ।’

सरकारले अहिले ललिता निवास जग्गा प्रकारणबारे छानविन गरिरहेको छ। सो प्रकरणमा अध्यक्ष नेपालसहित पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित हाइ प्रोफाइलका व्यक्तिहरुको नाम मुछिएको छ।

Skip This