अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध पक्राउ पुर्जी जारी


लाहुर-पाकिस्तानको निर्वाचन आयोगले मङ्गलबार पूर्व प्रधानमन्त्री इमरान खानविरुद्ध अवहेलनाको मुद्दामा गैर जमानत वारेन्ट जारी गरेको छ । इसीपीले पूर्व सूचना तथा प्रसारण मन्त्री फवाद चौधरीविरुद्ध पनि सोही कसुरमा गैर जमानत पक्राउ पुर्जी जारी गरेको छ ।

इसीपीले गत वर्ष पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)का प्रमुख खान र पार्टीका पूर्व नेता चौधरीले मुख्य निर्वाचन आयुक्त असद उमर विरुद्ध अभद्र भाषा प्रयोग गरेको आरोपमा उजुरी दर्ता गरेको थियो। त्यसैको लागि उनी विरुद्ध वारेन्ट जारी भएको हो । 

खान र चौधरीविरुद्ध गिरफ्तारी वारेन्ट आदेश ईसीपी सदस्य निसार दुर्रानीको नेतृत्वमा रहेको चार न्यायाधीशको बेन्चले पारित गरेको थियो ।  पीटीआईका दुई नेताहरू धेरै चेतावनीका बाबजुद पनि मंगलबार उपस्थित भएका थिएनन्।

निर्वाचन आयोगले अनुरोध स्वीकार गर्दै वकिललाई यस सम्बन्धमा औपचारिक निवेदन पेश गर्न निर्देशन दिए पनि खान र चौधरीविरुद्ध गैर जमानत पक्राउ पुर्जी जारी गर्दै सुनुवाइ २५ जुलाईसम्मका लागि स्थगित गरेको छ ।

गत जनवरीमा लामो कार्यवाही पछि सर्वोच्च अदालतले इसीपीलाई खान, चौधरी र उमर विरुद्ध कार्यवाही जारी राख्न अनुमति दिएको थियो। त्यसपछि निर्वाचन आयोगले उनी विरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको थियो ।

७० वर्षीय खानले गत वर्ष अप्रिलमा सत्ताबाट हटेपछि विभिन्न अदालतमा धेरै मुद्दाहरू सामना गर्दै आएका छन्। कुनै समय खानका वफादार मानिने चौधरीले पार्टी समर्थकको हिंसापछि गत मे ९ मा पार्टी छाडेका थिए । 

खानलाई इस्लामवाद उच्च अदालत परिसरबाट पक्राउ गरेपछि मे ९ मा देशभर हिंसात्मक विरोध प्रदर्शन भएको थियो।-एजेन्सी  

Skip This