अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ: प्रदीप ज्ञवाली

सुन तस्करी अनुसन्धानमा नाटक मञ्चन भइरहेको छ: प्रदीप ज्ञवाली


रुपन्देही-नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सुन तस्करी प्रकरणमा प्रधानमन्त्री र गृहमन्त्रीले आफ्नो नेताहरुलाई जोगाउन लागेको आरोप लगाउनु भएको छ।

स्व. नेता जीवराज आश्रितको ८०औं जन्मजयन्तीको अवसरमा बुटवलमा आयोजित कार्यक्रममा नेता ज्ञवालीले भ्रष्टाचार सम्बन्धि मुद्दाहरुमा वर्तमान सरकारले देखाएको प्रवृत्तिमाथि टिप्पणी गर्दै सरकारले गरिरहेको छानविनप्रति शंका व्यक्त गर्नुभयो ।

विभिन्न भ्रष्टाचारका काण्डहरुमा सरकारले आफ्ना नेताहरुलाई जोगाउने प्रपञ्च गरिहेको उपमहासचिव ज्ञवालीले बताउनु भयो। उहाँले पछिल्लो समय चर्चामा रहेको सुन काण्डमा आफ्ना नेताहरुको नाम जोडिएर आउँदा पनि उनीहरुलाई बचाउने प्रयास गरेको प्रष्ट संकेत बाहिर आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सुन तस्करीका घटनामा नाम जोडिएका नेताहरुलाई उन्मुक्ति दिएर अनुसन्धानलाई मोड्ने काम भइरहेको छ। सुन तस्करी र भ्रष्टाचारका कुरालाई लिएर नाटक मञ्चन भइरहेको छ यसै कारण एमालेले भ्रष्टाचार छानविनका लागि उच्च स्तरीय आयोग गठनको माग अघि बढाएको हो।’