अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

निजी क्षेत्रले दिएका सुझाव मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ: चन्द्र ढकाल

निजी क्षेत्रले दिएका सुझाव मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा छ: चन्द्र ढकाल


काठमाडौं-नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्र बैंकले निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताउनु भएको छ।

बिहीवार महासंघले आयोजना गरेको आर्थिक नीतिले परिवर्तन गरेका कर नीति र मौद्रिक नीतिको असर विषयक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो।

राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको बताउँदै निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको बताउनु भयो।

उहाँले सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैले वर्तमान आर्थिक समस्याको समाधान तत्कालै गर्नेगरी आउन नसकेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘अर्थतन्त्रका वर्तमान आर्थिक समस्या तत्काल समाधान गर्नेगरी सरकारले ल्याएको बजेट र मौद्रिक नीति दुवैमा आएन। राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति कार्यान्वयनका लागि सर्कुलर क्रमशः जारी भइरहेको छ। निजी क्षेत्रले दिएका सुझावहरु मौद्रिक नीति सर्कुलरमा समेट्ने अपेक्षा रहेको छ।’

अध्यक्ष ढकालले निजी क्षेत्रले घरजग्गा लगायतका विषयमा दिएको सुझावलाई सम्बोधन गरिएको बताउनु भयो।

Skip This