अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना

व्यवसायी रुङ्गटा पुर्पक्षका लागि थुनामा, बेहोसपछि अस्पताल भर्ना


चितवन-व्यवसायी शङ्कर कँडेल आत्महत्या दुरुत्साहन मुद्दाका फरार प्रतिवादी प्रदीपकुमार रुङ्गटालाई जिल्ला अदालत चितवनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। यससँगै रुङ्गटा अदालत परिसरमै बेहोस भएपछि अस्पताल लगिएको छ। उनलाई उपचारका लागि भरतपुर अस्पताल लगिएको छ।

घटनाको तीन महिनापछि आज रुङ्गटा चितवन जिल्ला अदालतमा आफैँ हाजिर भएका थिए। अदालतका स्रेस्तेदार ईश्वर आचार्यले सो मुद्दामा रुङ्गटालाई पुर्पक्षका लागि थुनामा पठाइएको जानकारी दिनुभयो। जिल्ला न्यायाधीश डिल्लीराम शर्मा अर्यालको इजलासले उक्त आदेश गरेको हो।

व्यवसायी कँडेलले वैशाख १९ गते अनमोल फिल्डको कार्यालय वेलचोकमा झुण्डिएर आत्महत्या गरेका थिए। उनको मृत्युपछि परिवारले रुङ्गटा र जीवन रावल विरुद्ध किटानी जाहेरी दिएको थियो। रावललाई प्रहरी वैशाख २२ गते पक्राउ गरी चितवन ल्याएको थियो। उनी उच्च अदालतको आदेशबाट धरौटीमा रिहा भएका छन्। कँडेलको मृत्युपछि रुङ्गटा फरार रहँदै आएका थिए।

कँडेलले आफूले नेतृत्व गर्दै आएको अनमोल फिड्सको ८५ प्रतिशत शेयर रुङ्गटालाई बिक्री गरेपछि सो समूहले मानसिक तनाव दिएकै कारण आत्महत्या गर्नुपरेको ‘सुसाइड नोट’मा उल्लेख गरेका थिए।

Skip This