काठमाडौँ-आज सातै प्रदेशमा वर्षाको सम्भावना रहेको छ । त्यसैले आज केही जिल्लामा बाढीको जोखिम पनि रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, अछाम, डोटी, डडेलधुरा, कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र आसपास भएर बहने नदी तथा खोलामा बहाव बढ्न सक्ने पूर्वानुमान रहेको छ ।
आज र भोलि देशका अधिकांश नदीहरूको बहाव सामान्य अवस्थामा रहने महाशाखाले जनाएको छ । साउन २१ गते आइतबारदेखि देशका अधिकांश नदीहरूमा बाढीको उच्च जोखिम रहेको छ । २१ गतेदेखि नदी तटीय क्षेत्रमा बस्नेले सतर्कता अपनाउनु पर्ने महाशाखाले बताएको छ ।




प्रतिक्रिया