काठमाडौँ–दोलखाको गौरीशंकर गाउँपालिका–८ मा पहिरो गएको छ । गएराति गएको पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् भने तीन जना घाइतेको उद्धार गरिएको छ ।
उनीहरुलाई थप उपचारका लागि काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ । बेपत्ता र घाइतेहरुको परिचय खुल्न नसकिएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार पहिरोले ३ घर पुरिएका छन् ।
यस्तै वर्षाले सोही वडाको सल्ले गाउँका दुई घर बगाएको छ । प्रहरीका अनुसार १५ घर विस्थापित भएका छन् ।




प्रतिक्रिया