अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापा कारागारमा कैदीबन्दी र प्रशासनबीच वार्ता सुरू

झापा कारागारमा कैदीबन्दी र प्रशासनबीच वार्ता सुरू


बिर्तामोड-झापा जिल्ला कारागारमा कैदीबन्दी र प्रशासनबीच वार्ता सुरु भएको छ। चौकीदारको सरुवाको विषयमा कैदीवन्दीले कारागारभित्र आगलागी समेत गरेका छन् । कारागारभित्र झडप र आगजनी गरेपछि व्यापक सुरक्षाकर्मी परिचालन गरिएको छ।

झापा प्रहरीका अनुसार कैदीबन्दी र प्रशासनबीच भेटघाट कक्षबाट वार्ता भइरहेको छ। चौकीदार मनोज लावतीलाई झुम्का कारागार सार्ने विभागको पत्र अनुसार बाहिर निकालेपछि कारागार एकैछिनमा अशान्त भएको थियो । तत्कालै लावतीलाई भित्रै पठाए पनि उनीहरुले प्रहरी प्रशासन विरुद्ध नारावाजी गर्दै आगजनी गरेका हुन् ।

कैदीबन्दी भाग्न सक्ने जोखिमलाई ख्याल गर्दै कारागार परिसरमा सुरक्षाकर्मीले घेराउ गरेका छन् । दमकलहरु स्ट्याण्डवाई राखिएको प्रहरीको भनाई छ ।