अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कैदीबन्दी र प्रशासनबीचको वार्तापछि झापा कारागारको लफडा साम्य

कैदीबन्दी र प्रशासनबीचको वार्तापछि झापा कारागारको लफडा साम्य


बिर्तामोड-झापा जिल्ला कारागार भद्रपुरमा भएको घटना साम्य भएको छ। झण्डै दुई घण्टा असान्त भएको कारागार शान्त भएको हो। कैदीबन्दी र प्रशासनबीचको वार्तापछि कारागार शान्त बनेको जेलर मोहनलाल पनेरुले जानकारी दिनु भयो ।

प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, सुरक्षाका प्रमुखहरुसँग कैदीबन्दीले राखेको माग सम्बोधन गर्ने भनेपछि अवस्था सामान्य बनेको हो । कैदीबन्दीहरुले चौकीदार लय शिवाकोटीलाई हटाउनुपर्ने र भाई चौकीदारलाई सरुवा गर्न नहुने माग राखेका छन् । उनीहरुको मागलाई उचित ढंगबाट सम्बोधन गर्ने भनेपछि अशान्त बनेका कैदीवन्दीहरु शान्त भएका छन्।

झापा कारागारका जेलर पनेरुका अनुसार आज भाई चौकीदार मनोज लावतीलाई झुम्का सरुवा गर्ने तयारी थियो । लावतीलाई हत्कडी लगाउन साथ होहल्ला गरेपछि कैदीबन्दीले झडप गरेका थिए । उनीहरुले लावतीलाई सरुवा गर्न नहुने भन्दै नारावाजी गर्दै आगजनी समेत गरेका थिए ।

भाइ चौकीदार लावतीलाई सरुवा गर्न प्रमुख चौकीदार शिवाकोटीले भूमिका खेलेको भन्दै उनलाई जेलबाट हटाएर अर्को ठाउँ सरुवा गर्नुपर्ने माग राखेका छन् । वार्तामा कैदीवन्दीलाई भित्रको सुरक्षा व्यवस्थालाई व्यवस्थित नगरे राज्यले आफ्नो ढंगबाट प्रक्रिया अघि बढाउने चेतावनी दिइएको छ ।

जेलर पनेरुले शिवाकोटीको सरुवाका लागि विभागीय पत्र नआएको जानकारी दिए । शिवाकोटी र लावती दुवै जना अलग–अलग घटनामा कर्तव्य ज्यान मुद्धामा सजाय भुक्तान गरिहरेका छन्।