काठमाडौँ-नेकपा एमालेका उपमहासचिव एवं पूर्व परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपाल-भारत सम्बन्धलाई ‘अपडेट’ गर्नका लागि इपिजी गठन गरिएको र त्यसलाई कार्यान्वयनमा ल्याउनुपर्ने बताउनु भएको छ।
शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उहाँले एक्काइसौँ शताब्दीमा नेपाल–भारतको बीचमा कस्तो सम्बन्ध हुन्छ भने कुराको आधार त्यो प्रतिवेदनले दिएको बताउनु भयो । तर विभिन्न बहानामा त्यसलाई नबुझ्ने काम भइरहेको उहाँको भनाइ छ।
इपिजी प्रतिवेदनमा उल्लेख सुरक्षा व्यवस्थालाई लिएर भारत झस्किएका हो कि भन्ने आफूलाई लागेको उहाँको भनाइ छ। उहाँले प्रतिवेदन कार्यान्वयन भए दुई देशबीचको धेरै समस्या समाधान हुनसक्ने धारणा राख्नु भयो ।




प्रतिक्रिया