अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’

हरिवंशको शब्द, स्वर र सङ्गीतमा तयार भयो ‘ए केटा मादलु पड्का’


काठमाडौं-हास्यकलाकार हरिवंश आचार्यले आफ्नो शब्द, स्वर र सङ्गीतमा तयार गर्नुभएको ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक गर्नुभएको छ। अडियोसँगै भिडियो तयार गरेर सार्वजनिक गरिएको गीत गायनमा हास्य कलाकार आचार्यलाई शान्तीश्री परियारले साथ दिनुभएको छ।

चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “मान्छेहरू गीत गाउँदै नाचिरहेको देखेँ। त्यही बेला अचानक मेरो दिमागमा एउटा लय फु¥यो। हत्तपत्त कोठामा गएँ। मोबाइलमा रेकर्ड गरेँ। लयसँगै शब्द पनि आयो– ए केटा मादलु पड्का, उफ्रिएर नाच्दिन्छु तीन झड्का।” 

यसरी फुरेको लय अरुलाई सुनाएपछि पाएको सल्लाहअनुसार नै गीत तयार गरिएको उहाँले बताउनुभयो। “यो विशुद्ध नाच्न मन लाग्ने गीत हो। यसमा नाच्ने गाउने मान्छेले आफ्नो पेशाप्रति गर्व गरेको शब्द छ। सांस्कृतिक कार्यक्रम, बिहे व्रतबन्धलगायत समारोहतिर बढी घन्किन्छ”, हास्य कलाकार आचार्यले भन्नुभयो। 

गीतको तयार भएको भिडियोमा चुनावमा हुने विकृतिलाई व्यङ्ग्य भने गरिएको छ। भिडियोमा हास्य कलाकार आचार्यलाई अभिनयमा अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीले साथ दिनुभएको छ। 

Skip This