अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भारतको उत्तराखण्डमा पहिरोमा परेर १६ नेपाली बेपत्ता भएको अनुमान, दुईजनाको शव भेटियो

भारतको उत्तराखण्डमा पहिरोमा परेर १६ नेपाली बेपत्ता भएको अनुमान, दुईजनाको शव भेटियो


काठमाडौं – भारतको उत्तराखण्ड राज्यको रुद्रप्रयाग जिल्लामा पहिरोमा परेर १६ जना नेपाली बेपत्ता भएको अनुमान गरिएको छ ।

नयाँ दिल्लीस्थित नेपाली राजदूतावासका अनुसार गौरीकुण्ड, केदारनाथ धामको पैदलयात्रा सुरु हुने स्थान नजिकै गएको पहिरोमा परी सोही स्थानमा होटल चलाएर बसेका जुम्लाका एकै परिवारका सातजना, रोजगारीका लागि गएका जुम्लाकै अन्य चार जना र कालिकोटका पाँचजना बेपत्ता भएको अनुमान गरिएको छ ।