अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई तीन वर्ष जेल सजाय


इस्लामाव-पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई दोषी ठहर गर्दै तीन वर्षको जेल सजाय सुनाइएको छ।

भ्रष्टाचार आरोप लागेका खानलाइए इस्लामावादको जिल्ला अदालतले उनलाई एक लाख जरिवाना सहित तीन वर्षको जेल सजाय सुनाएको हो। 

शनिबार दिउँसो मुद्दाको सुनुवाइ हुँदा वकिल उपस्थित नभएपछि अदालतले आफ्नो फैसला सुनाएको हो। 

फैसलासँगै उनलाई लोहारस्थित घरबाटै पक्राउ गरिएको बीबीसीले जनाएको छ। 

पाकिस्तान निर्वाचन आयोगका वकिल अमजद परवेजले सजाय पाएपछि खान पाँच वर्षका लागि चुनावमा भाग लिन अयोग्य ठहरिने बताएका छन्। 

खान २०१८ मा प्रधानमन्त्री निर्वाचित भएका थिए। पाकिस्तानको संसदबाट विश्वासको मत प्राप्त गर्न नसक्दा उनले प्रधानमन्त्री पद गुमाउनु परेको थियो। 

Skip This