काठमाडौँ–काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिरो खस्दा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति घर पहिरोले पुर्दा गणेश तामाङ र उनकी छोरीको मृत्यु भएको हो । बुवाको घटनास्थलमै र छोरीको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सो घटनामा परी गणेशकी श्रीमती घाइते भएकी छन् । उनको खुट्टामा चोट लागेकाले त्रिवि शिक्षण अस्पतालमा उपचार जारी छ । छोरा सकुशल रहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया