अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाल पत्रकार महासंघ गठबन्धन सरकारको छाया बन्यो: गगन विष्ट

नेपाल पत्रकार महासंघ गठबन्धन सरकारको छाया बन्यो: गगन विष्ट


काठमाडौं-नेकपा एमाले प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले नेपाल पत्रकार महासंघको वर्तमान सत्ता गठबन्धनको लाचार छाया भएको बताउनुभएको छ। 

आइतबार प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको प्रथम साधारण सभालाई पोखरामा सम्बोधन गर्दै विष्टले महासंघ गठबन्धन सरकारको छायाको रूपमा देखिएको बताउनु भएको हो ।

पत्रकार महासंघले नै पत्रकारको घाँटी निमोठ्ने काम गरेको भन्दै उहाँले आलोचना गर्नुभयो । उहाँले भन्नभयो, ‘यो अधिकार प्राप्तिको लागि हामी लडेका थिएनौँ ? तपाईँको बोल्ने अधिकार र लेख्ने अधिकारको लागि हामी लडेका थिएनौँ ? हामी जेल बसेका थिएनौँ ?’

उहाँले साझा दायित्वबाट हटेर गठबन्धन सरकारको छायाको रूपमा नेपाल पत्रकार महासंघ अघि बढ्छ भने प्रेस चौतारी नेपालका सबै सदस्य महासंघबाट अलग्गिने अवस्था आउने उहाँले चेतावनी दिनुभयो। उहाँले प्रश्न गर्नुभयो, ‘सबै मानिसहरू यहाँबाट अलग्गिँदा महासंघ बच्छ ?’

उहाँले पत्रकार महासंघलाई महासंघको रूपमा रहन सुझाव दिनुभयो। उसलाई साझा चरित्र जोगाएर अघि बढ्न आग्रह गर्नुभयो। देशभरि पत्रकारिता गर्ने मानिसलाई महासंघको सदस्यबाट वञ्चित गर्ने काम भएको भन्दै उहाँले महासंघ नेतृत्व आलोचना गर्नुभयो । उहाँले महासंघलाई साझा चरित्रको संस्था रहने कि गठबन्धनको छाया हुने हो निर्णय गर्न आग्रह गर्नुभयो । 

नेपाल पत्रकार महासंघ श्रमजीवीको पक्षमा बोल्न नसक्ने अवस्थामा पुगेको उहाँले बताउनुभयो । त्यसैले यस विषयमा गम्भीर भएर सोच्न उहाँले आग्रह गर्नुभयो ।