काठमाडौं-सभामुख देवराज घिमिरेसँग प्रमुख दलका शीर्ष नेताहरुको बैठक सिंहदरवारमा शुरू भएको छ।
सभामुखको कार्यकक्ष सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र तीनै पार्टीका प्रमुख सचेतकहरूको छलफल सुरू भएको हो।
सदनको अवरोध हटाउन र संसदीय समितिका सभापतिको निर्वाचनबारे छलफल गर्न शीर्ष नेताहरूलाई बोलाएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ।
साउन १० गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रमुख विपक्षी दल एमालेले सुन काण्डबारे उच्चस्तरीय छानबिन समिति माग गर्दै अवराेध गर्यो। त्यसपछिका दुई वटा बैठक पनि सूचना टाँसेर स्थगित भएको थियो।
सभामुखले साउन १५ र १६ गते प्रधानमन्त्री र विपक्षी दलका नेतासँग दुई–दुईपटक टेलिफोन संवाद गर्नुभएको थियो ।
आइतबार पनि सभामुखले सिंहदरवारमा प्रमुख सचेतकहरूसँग छलफल गर्नु भएको थियो।
प्रतिनिधि सभाको बैठक साेमबार दिउँसो १ बजेलाई बोलाइएको छ।




प्रतिक्रिया