अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभामा एमालेको अवरोध, उच्चस्तरीय छानबिन समिति बनाउन माग

राष्ट्रियसभामा एमालेको अवरोध, उच्चस्तरीय छानबिन समिति बनाउन माग


काठमाडौं-राष्ट्रियसभाको बैठकको बैठकमा नेकपा एमालेले सदन अवरोध गरेको छ।

सुन प्रकरणमा उच्च स्तरीय छानबिन समितिको माग गर्दै एमालेले सदन अवरोध गरेको हो।

सरकारले गरिरहेको छानबिन मुख्य दोषीसम्म नपुग्ने भन्दै उच्च स्तरीय छानबिन समिति नबनेसम्म एमालेले सदन चल्न नदिने सांसद दिलकुमारी रावलले अडान सुनाउनु भयो।

बैठकको सुरुमै एमाले सांसदहरु आसनबाट उठेर विरोध जनाएका थिए । त्यसपछि अध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराउनु भएको थियो । 

त्यसक्रममा रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता कार्यकर्ता सुन तस्करीमा मुछिएको भन्दै सरकार सुन तस्करी प्रकरणमा निष्पक्ष छानविनको पक्षमा नदेखिएकाले बैठक चल्न नसक्ने बताउनु भएको भयो ।