अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

युरोपेली युनियनका राजदूत डिप्रेजद्वारा एमाले अध्यक्ष ओलीसँग शिष्टाचार भेट

युरोपेली युनियनका राजदूत डिप्रेजद्वारा एमाले अध्यक्ष ओलीसँग शिष्टाचार भेट


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग नेपालका लागि युरोपेली युनियनका राजदूत नोना डिप्रेजले आज विदाई भेट गरेका छन्।

अध्यक्ष ओली निवास, बालकोटमा भएको भेटमा उहाँहरूबीच युरोपेली युनियन र नेपालबीच द्वौत्य सम्बन्धको पचास वर्ष पुगेको उपलक्ष्यमा शुभकामना आदानप्रदानका साथै द्विपक्षीय सम्बन्ध, आपसी हित र सहयोगका विषयमा कुराकानी भएको थियो।

भेटमा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ र परराष्ट्र मामिला विभागका सचिव डा. अञ्जान शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।