अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन: सभामुख घिमिरे

सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन: सभामुख घिमिरे


काठमाडौं-सभामुख देवराज घिमिरेले संसद् बैठक संचालन गर्नका लागि आफूले अधिकतम रुपमा लचिलो भएर सहमति गर्नका लागि आफूले सकारात्मक दबाब दिइरहेको बताउनु भएको छ। 

नयाँ बानेश्वरमा बसेको दोस्रो चरणको छलफलपछि सभामुख घिमिरेले सहमतिको विकल्प नभएको भन्दै संसद् अवरोध हुँदा जनताका आवाज रोकिएको बताउनु भयो ।

‘सहमतिको विकल्प छैन। संसद अवरोध हुँदा जनताका आवाज रोकिएका छन्,’ सभामुख घिमिरेले भन्नुभयो, ‘माननीयहरूले प्राकृतिक विपत् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन सक्नुभएको छैन। मैले अधितकतमरुपमा लचिलो भएर दलहरुलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको छु।’

दलहरुबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको उहाँले बताउनु भयो। 

‘यही अनुरुप मैले सूचना टाँसेर पटक पटक बैठक स्थगित गरेको हो। तर, सूचना टाँसेर बैठक रोक्ने नजिर स्थापित गर्ने पक्षमा छैन,’ सभामुख घिमिरेले भन्नुभयो, ‘आशा छ, भोलिदेखि हामी सदनको नियमित कारबाहीमा जानेछौं।’

संसद्को अवरोध खुलाउन पहल गरेकोमा आफूलाई प्रधानमन्त्रीले धन्यवाद दिएको उहाँले बताउनु भयो। उहाँले भन्नुभयो, ‘आज संसद बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरुले गम्भीरतापूर्वक छलफल गर्नुभयो। तर, सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरु पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन। भोलि बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ।’

संसद् बैठक भोलि (मंगलबार) दिउँसो ३ बजेसम्मका लागि सूचना टाँस गरेर स्थगित गरिएको छ। 

Skip This