अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह


काठमाडौँ-बाढी पूर्वानुमान महाशाखाले डडेलधुरा र कञ्चनपुरको महाकाली नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाले उक्त क्षेत्रमा  आज अपराह्न ४ बजेसम्म  उच्च सर्तकता अपनाउन आग्रह गरेको हो ।

महाशाखाका अनुसार महाकाली नदी पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हाल खतरा तहभन्दा केही तल छ । यो सामान्य घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ ।

“महाकाली अपडेट : साउन २९ बिहान ९ बजे । महाकाली नदीमा पारिगाउँ डडेलधुरा बाढी मापन केन्द्रमा जलसतह हिजो रातिदेखि सतर्कता तहमाथि रहेकोमा हाल खतरा तह ९७ मि.भन्दा केही तल रहेको छ, तर सामान्य घट्दो क्रममा छ,” महाशाखाको सूचनामा उल्लेखले भनेको छ, “डडेलधुरा र कञ्चनपुरको महाकालीको नदी तटीय क्षेत्रमा हुनेहरूले आज दिउँसो ४ बजेसम्म उच्च सतर्कता अपनाउन अनुरोध छ ।”