काठमाडौं-नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सुन प्रकरणमा नेकपा माअोवादी केन्द्रका नेतामाथि छानबिन गर्नुपर्ने बताउनु भएको छ।
आइतबार बसेको संसदीय दलको बैठकमा महामन्त्री थापाले एक क्विन्टल सुन प्रकरणमा नाम जोडिएका माअोवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरामाथि छानविन गर्नुपर्ने बताउनु भएको छ।
महामन्त्री थापाले भन्नुभयो, ‘सुन तस्करीमा महराको बाबुछोराको संलग्नता भएको कुरा निरन्तर आइरहेको छ। सिआइबीले समेत आफ्नो प्रतिवेदनमा उल्लेख गरिसकेको अवस्थामा छानविन गर्ने आँटसमेत गरेको छैन ।’
माओवादी केन्द्रका नेताहरूले पार्टीको बैठकबाट प्रष्ट पारिरहेको बताउँदै सिआइबीबाट छानबिन गर्नुपर्ने महामन्त्री थापाले बताउनु भयो । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पार्टीको नेता भए पनि कारबाही गर्नुपर्ने बताउनु भयो ।






प्रतिक्रिया