अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर नियुक्त

प्राइम कमर्सियल बैंकको सीईओमा सञ्जिव मानन्धर नियुक्त


काठमाडौं-प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा  चार्टर्ड एकाउन्टेन्ट सञ्जिव मानन्धर नियुक्त भएका छन्।

शुक्रबार सम्पन्न सञ्चालक समितिको बैठकले बैंकको रिक्त सीईओ पदमा मानन्धरलाई नियुक्त गरेको हो।

नवनियुक्त प्रमुख कार्यकारी अधिकृत मानन्धरले ऐनको दफा १२७ बमोजिम शुक्रबार सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठ समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

स्थापनाकालदेखि नै प्राइम कमर्सियल बैंकमा महाप्रबन्धकका रुपमा कार्यरत मानन्धर यसअघि कायममुकायम प्रमुख कार्यकारी अधिकृत पदमा हुनुहुन्थ्यो ।

प्रमुख कार्यकारी अधिकृत मानन्धरको बैंकिङ क्षेत्रमा २३ वर्ष भन्दा लामो अनुभव छ। तत्कालीन नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करियर सुरु गरेका चार्टर्ड एकाउन्टेन्ट मानन्धरले राष्ट्रिय वाणिज्य बैंकको विदेशी व्यवस्थापनसँग आवद्ध रही कार्य गरिसकेका छन्। 

Skip This