अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारसँग ११ बुँदे माग राख्दै उद्योग-व्यवसायी महासंघको माग (पूर्णपाठ)

सरकारसँग ११ बुँदे माग राख्दै उद्योग-व्यवसायी महासंघको माग (पूर्णपाठ)


काठमाडौंनेपाल उद्योग तथा व्यवसायी महासंघले सरकारको गलत आर्थिक नीति र रवैयाका कारण उद्यम व्यवसाय धराशायी बनेको र उद्योगी व्यवसायी व्यवसाय छाडेर पलायन हुने वा आत्महत्या गर्न बाध्य बनेको बताएको छ। संघले आज पत्रकार सम्मेलन गरी यस्तो निष्कर्ष सुनाएको हो।

‘अहिलेको अवस्थामा थलिएको अर्थतन्त्रलाई चलायमान बनाई उद्यम व्यवसाय वचाउन नेपाल सरकार, नेपाल राष्ट्र बैंकलगायतका राज्यका निकायहरुले उचित कदम चाल्नु पर्ने अवस्था छ। तर त्यसो नगरी राज्यका निकायहरुबाट बेवास्ता गरी उद्यम ब्यवसाय धरासायी बनाउने र उद्योगी ब्यवसायी ब्यवसाय छाडेर पलायत हुने वा आत्महत्याको बाटो रोज्न बाध्य पार्ने अवस्थामा पुर्याएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनमा महासचिव भगिरथ सापकोटाले जारी गर्नुभएको बिज्ञप्तीमा भनिएको छ।

महासंघले उद्योग ब्यवसाय र अर्थतन्त्रको सुधारका लागि तत्काल कदम चाल्न माग गर्दे त्यसो नगरे चरणवद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ भने ११ बुँदे मागसमेत राखेको छ ।