काठमाडौँ -आज चारवटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका केही नदी तथा खोलामा आज बाढीको जोखिम रहेको हो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार आज संखुवासभा, सोलुखुम्बु, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा भएर बहने नदी तथा खोलामा बाढीको सम्भावना रहेको छ ।
यस्तै गोरखा, लमजुङ, कास्की, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम पूर्व, रुकुम पश्चिम, जुम्ला, मुगु र आसपास भएर बहने नदी र खोलामा पनि बहाव सामान्य बढ्नसक्ने पूर्वानुमान रहेको छ ।
यसैबीच, आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुनेछ ।




प्रतिक्रिया