काठमाडौँ-वीर अस्पतालको छैटौँ तलाबाट हाम फालेका एक पुरुषको मृत्यु भएको छ। सर्जिकल भवनबाट हिजो बिहान साढे दुई बजे हाम फालेका ती पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी सागर मिश्रले जानकारी गराउनु भयो ।
मृत्यु हुने पुरुषको उमेर अनुमानित ४० वर्ष रहेको सूचना अधिकारी मिश्रले बताउनु भयो । उहाँका अनुसार आफ्नो बिरामी अस्पतालमा रहेकाले भेट्न आएको हो म आफन्त हुँ भन्दै अस्पतालभित्र प्रवेश गरेका थिए । माथि गएर हाम फालेछन् ।
अस्पताल प्रशासनले बुझ्दा उनका कोही बिरामी अस्पतालमा नभएको पाइएको छ । ‘उनी बाहिरका मान्छे हुन् । यो मेरो मान्छे हो भनेर कोही भन्न आएको पनि छैन, लाश बेवारिसे अवस्थामा छ,’ मिश्रले भन्नुभयो।




प्रतिक्रिया