अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी हेटौंडा नगर अध्यक्ष नमुना पाण्डे एमालेमा प्रवेश

माओवादी हेटौंडा नगर अध्यक्ष नमुना पाण्डे एमालेमा प्रवेश


काठमाडौं-नेकपा माओवादी केन्द्रको हेटौंडा उपमहानगरकी अध्यक्ष तथा जिल्ला सचिवालय सदस्य नमुना पाण्डे नेकपा एमालेमा प्रवेश गर्नु भएको छ।

आज दिउँसो भक्तपुरस्थित नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोट पुगेर पाण्डे एमालेमा प्रवेश गर्नु भएको हो। उहाँलाई अध्यक्ष ओलीले खादा लगाएर पार्टीमा स्वागत गर्नु भयो।

माओवादी केन्द्रको नेतृत्वले पार्टीलाई क्लबमा परिणत गरेको र यसबाट देश समृद्धितर्फ लम्कन नसक्ने देखेर एमाले रोजेको पाण्डेले बताउनु भयो । उहाँले देशमा एमाले मात्रै कम्युनिष्ट पार्टी रहेको बुझेर आफू एमालेमा प्रवेश गरेको बताउनु भयो ।