अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु: शशाङ्क कोइराला

देउवाको सभापतिको उम्मेदवार म बन्न सक्छु: शशाङ्क कोइराला


चितवन-नेपाली कांग्रेसका नेता डा. शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाका तर्फबाट उहाँको समूहको सभापतिको उम्मेदवार आफू बन्न सक्ने बताउनु भएको छ।

भरतपुर विमानस्थलमा आज पत्रकारहरुसँग संक्षिप्त कुरा गर्दै कांग्रेस केन्द्रीय सदस्य कोइरालाले यस विषयमा टुङ्गो भने नलागिसके जानकारी दिनुभयो।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उहाँले यो प्रतिक्रिया दिनुभएको हो। 

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सभापति देउवाको समूहबाट उम्मेदवार तपाईं हुने सम्भावना कत्तिको छ?भन्ने प्रश्नमा उहाँले भन्नुभयो, “सम्भावना छ, किन छैन रु नहुने भन्ने के छ ?”

पार्टीका साथीहरुसँग सल्लाह गरेर मात्रै सभापतिको उम्मेदवारीको विषयमा निर्णय लिने उहाँको भनाइ थियो। तर यस विषयमा आफूलाई सभापति देउवाले भने केही नभन्नुभएको उहाँको भनाइ थियो। 

उहाँले भन्नुभयो “सभापतिजीले केही नभनेको भए पनि पार्टीका साथीहरुको विचार यही नै हुन सक्छ । पूर्वदेखि पश्चिमसम्म साथीहरुसँग भेटघाट गरौँ, उहाँहरुको विचार सुनौँ, अनि मात्रै निर्णय गर्छु।”