काठमाडौँ–देशको केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जसले गर्दा केही नदी तथा खोलामा आज जलसतह बढ्ने सम्भावना रहेको छ ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार झापा, मोरङ, सुनसरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रुकुम पूर्व, रुकुम पश्चिम भएर बहने नदी तथा खोलामा जलसतह बढ्ने सम्भावना रहेको छ ।
यस्तै कालिकोट, अछाम, बझाङ, बाजुरा र आसपास भएर बहने केही नदी तथा खोलामा पनि बाढीको सम्भावना रहेको छ ।
आगामी तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, बागमती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाको भनाइ छ । यद्यपि, जलसतह सतर्कता तहभन्दा तलै हुनेछ ।






प्रतिक्रिया