अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा अञ्जनीकुमार झा नियुक्त


काठमाडौं-चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा प्रा.डा. अञ्जनीकुमार झा नियुक्त हुनु भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले झालाई उपाध्यक्षमा नियुक्त गरेको हो। 

उपाध्यक्षको सिफारिसका लागि सरकारले लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । तीमध्ये झा नियुक्त भएका हुन् । 

नेपाली कांग्रेस निकट रहेका उनी नेपाल चिकित्सा संघका पूर्व अध्यक्ष हुन् । समितिले उनलाई पहिलो नम्बरमा सिफारिस गरेको थियो । 

त्यस्तै दोस्रो नम्बरमा डा. प्रवीण मिश्र र तेस्रो नम्बरमा हालका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको थियो ।

Skip This