अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

महिला कर्मचारीसँगको अमर्यादित गतिविधिले खोसियो काजीमान राईलाको ‘इन्टेग्रिटी आइकन अवार्ड’

महिला कर्मचारीसँगको अमर्यादित गतिविधिले खोसियो काजीमान राईलाको ‘इन्टेग्रिटी आइकन अवार्ड’


काठमाडौं-इलामको माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई चार वर्षअघि दिइएको अवार्ड खोसिएको छ।

माईजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई र लेखा अधिकृत (महिला कर्मचारी)बीचको अमर्यादित गतिविधि गरेको सीसीटीभी फुटेज सार्वजनिक भएपछि अवार्ड खोसिएको हो।

अकाउन्ट विलिटी ल्याब नेपालले सन् २०१९ मा दिएको उक्त अवार्ड महिला कर्मचारीसँगको अमर्यादित भिडिओ सार्वजनिक भएसँगै फिर्ता गरेको हो। 

हाल इलामको माइजोगमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राई उक्त अवार्ड पाउँदा इलामकै चुलाचुली गाउँपालिकामा कार्यरत हुनुहुन्थ्यो । तर सहकर्मी कर्मचारीको कार्यकक्षमै अमर्यादित गतिविधि गरेको दृष्य सामाग्री सार्वजनिक भएको भन्दै इन्टेग्रिटी आइकन अवार्ड खोसिएको हो। 

काजीमान चुलाचुली गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत हुँदा इन्टेग्रिटी आइकन नेपाल २०१९ बाट सम्मानित हुनु भउको थियो ।

तत्कालीन अवस्थाा प्राप्त जानकारी, सूचना र इन्टेग्रिटी आइकन नेपालको मापदण्डको आधारमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको थियो। त्यसपछि पनि उहाँले नेपालको प्रशासनिक क्षेत्रमा आफ्नो असल आचरण र कुशल कार्यशैलीले अरुलाई पनि प्रेरित गर्ने विश्वासविपरीत अमर्यादित कार्यसहितको भिडिओले संस्थालाई स्तब्ध बनाएको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ।

इन्टेग्रिटी आइकन नेपालले भ्रष्ट आचरण, अमर्यादित व्यवहार र गैह्रजिम्मेवारपूर्ण कार्यको समर्थन नगर्ने पनि निर्देशक सुरेश चन्दले जनाएका छन्। 

संस्थाले उक्त भिडिओ सार्वजनिक भएपछि प्राकृतिक न्यायको सिद्धान्त अनुरुप घटनाबारे सत्यतथ्य खुलाई २४ घण्टाभित्र आफ्नो रायसहितको जवाफ पठाउन भनी ईमेल, मेसेन्जर, ह्वाट्सएप, फोन मेसेज र भाइबर बाट पत्र पठाइएको पनि जनाएको छ।

जवाफमा राईले ‘मेरो विषयमा सामाजिक सञ्जालमा आएको घटनाको जिम्मेवारी लिन तयार छु। समग्र आइकन परिवारलाई पर्न गएको क्षतिका लागि क्षमा चाहन्छु। यसबारे संस्थामार्फत हुने निर्णय मान्य छ’ भनेर जवाफ पठाएको चन्दले बताउनु भयो । 

त्यसपछि इन्टेग्रिटी आइकन नेपाल निर्णायक समिति सदस्यहरूको सुझाव र निर्देशिकालाई आधार मानेर आयोजक संस्थाको निर्णय बमोजिम काजीमानलाई दिइएको इन्टेग्रिटी आइकन नेपाल २०१९ अवार्ड रद्द गरिएको चन्दले बताउनु भयो ।

संस्थाले काजीमानले कार्यक्षेत्रमा गरेको अमर्यादित व्यवहारप्रति पनि खेद प्रकट गरेको छ ।

Skip This