काठमाडौँ–सुन तस्करी प्रकरणमा थप एकजना पक्राउ परेका छन् । प्रहरीले आज शिवकुमार सराफलाई पक्राउ गरेको हो ।
उनलाई सुन ओसारपसारमा भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या २७ पुगेको छ ।
गत साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।




प्रतिक्रिया