काठमाडौं-पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराईले नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नु भएको ।
डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)को सूचना तथा सञ्चार प्रविधि विभाग प्रमुख समेत रहेकी नेतृ मानुषी र उहाँकी पति जेकेन्द्र श्रेष्ठले एमाले अध्यक्ष ओलीसँग भेट गर्नु भएको हो।
शुक्रबार बिहान सामाजिक सञ्जालमा लेख्दै मानुषीले अध्यक्ष ओलीसँग समसामयिक विषयहरू कुराकानी भएको जनकारी गराउनु भएको छ ।
‘पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफलपश्चात् !’ फेसबुकमा लेख्दै उहाँले ओलीलाई मेन्सन गर्दै दुई वटा तस्वीर सेयर गर्नु भएको छ।





प्रतिक्रिया