भक्तपुर–नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले कम्युनिष्ट पार्टीका कार्यकर्ताले खाएको कसम बिर्सन नहुने बताउनु भएको छ ।
शुक्रबार भक्तपुरमा आयोजित नयाँ सदस्यको शपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष देउजाले पहिला औला काटेर रगतको छाप लगाएर कम्युनिष्ट पार्टीको सदस्यता लिने गरेको स्मरण गराउनु भयो।
अहिले एमालेको नीति, सिद्धान्त र बिचार मान्ने र देशको समृद्धिका लागि एकताबद्ध हुन चाहनेले एमालेको सदस्य पाउने उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘तपाईहरुले आज सपथ ग्रहण गर्दा खाएको कसम बर्सिनु हुँदैन, सपथ ग्रहणमा खाएको कसम बिर्सिएर घात गर्दा गत निर्वाचनमा एमालेले धेरै ठाउँमा प्रतक्ष्यतर्फको सीट गुमाउनु पर्यो, समानुपातिकमा राम्रो भोट ल्याएको पार्टीले प्रत्यक्षतर्फ क्षति ब्यहोर्दा त्यसले सिंगो देशलाई असर पारिरहेको छ, तपाई हामीले यतिखेर भोगि रहेका छौँ, त्यसैले आजैबाट मिसन २०८४ सुरु भयो भन्ने ठान्नुस्, आज खाएको कसम सम्झेर आउँदो निर्वाचनमा एमालेलाई देशकै ठूलो पार्टी बनाएर देश चलाउने अवस्थामा पुर्याउनुपर्छ ।’
विश्वव्यापी रुपमा कम्युनिष्ट आन्दोलनमा धक्का लागिरहेको बेलामा नेपालमा कम्युनिष्ट आन्दोलन बलियो भएर अगाडि बढिरहेको भन्दै उहाँले मदन भण्डारीको योगदान र एमालेको नीति, सिद्धान्छ, विचार र जबजले एमालेमा जनाकर्षण रहेको चर्चा गर्नु भयो ।
आउँदो निर्वाचनमा एमालेको वर्ग शत्रुलाई परास्त गरेर ठुलो पार्टी बन्दै सत्ता सञ्चालनमा पुग्नु पर्ने उहाँले बताउनुभयो। एमालेले समाजवादको आधारलाई पूरा गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीको समृद्ध नेपाल सुखी नेपालीको परिकल्पनालाई साकार पार्नुपर्ने बताउनु भयो ।






प्रतिक्रिया