अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त

राष्ट्रपतिद्वारा स्वीट्जरल्याण्डका लागि राजदूत नियुक्त


काठमाडौं-राष्ट्रपति रामचन्द्र पौडेलले स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत नियुक्त गर्नुभएको छ। राष्ट्रपति पौडेलले शुक्रबार संविधानको धारा २८२ को उपधारा १ बमोजिम स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूतमा रामप्रसाद सुवेदीलाई नियुक्त गर्नुभएको हो।

यसैगरी, राष्ट्रपति पौडेलले सुवेदीलाई नै संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा पनि नियुक्त भएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ, ‘’सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा रामप्रसाद सुवेदीलाई स्वीट्जरल्याण्डका लागि नेपालको आवासीय राजदूत र संयुक्त राष्ट्रसङ्घका लागि नेपालको अस्थायी नियोग जेनेभा, विश्व व्यापार सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनका लागि नेपालको स्थायी प्रतिनिधि पदमा नियुक्त गर्नुभएको छ।’

Skip This