अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा सङ्घ नेपाल

जनकपुरमा सरकारी गाडीको दुरुपयोग रोक्दै युवा सङ्घ नेपाल


जनकपुरधाम-नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ।

युवा सङ्घले शनिवार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको हो। जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् ।

बिदाका दिन सरकारी गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ। तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा सङ्घका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका छन् । 

सङ्घका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएका ११  वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको जानकारी दिनु भयो ।

Skip This