अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न: ‘एमसीसी सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनियो तर अहिले कसरी आयो ?’

प्रधानमन्त्रीलाई प्रेम सुवालको प्रश्न: ‘एमसीसी सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनियो तर अहिले कसरी आयो ?’


काठमाडौँ-नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नेपालमा अमेरिकी सेना आएको बारे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रश्न गर्नु भएको छ।  

विदेश भ्रमणमा जानुअघि आज प्रधानमन्त्री प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका सांसद सुवालले एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भनेको तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाउनु भएको बताउनु भयो ।

संयुक्त राष्ट्रसंघ महासभामा गएका बेला युक्रेनमा गरेजस्तै युद्धमा फसाउने तर्फ अमेरिकासँग सचेत हुन उहाँले सुझाव दिनु भएको छ। यो विषयलाई अमेरिकासँग कुटनीतिक हिसावले राख्न भनेको उहाँले बताउनु भयो। अमेरिकाले युक्रेनलाई युरेनियम भएको हतियार पठाउन लागेको दावी गर्दै सांसद सुवालले अमेरिकाको त्यस्तो नीतिलाई सचेत गराउन सुझाव दिएको बताउनु भयो।

नेपालले असंलग्न परराष्ट्रनीति भन्ने तर सम्बन्ध चाहिं हतियार उत्पादन र विक्री गर्ने देशको पक्षमा रहने गरेको भन्दै युद्ध गर्ने देशको पक्षमा लाग्न नमिल्ने उहाँले बताउनु भयो । उहाँले भन्नुभयो, ‘असंग्न परराष्ट्रनीति भन्दाभन्दै देश समाप्त हुने स्थिति आउँदैछ, तपाईंले यसमा ख्याल राख्नुपर्छ भनेर प्रधानमन्त्रीलाई भनेको छु। एमसीसीको सम्झौता गर्दा अमेरिकी सेना आउँदैन भन्नुभयो तर अहिले कसरी अमेरिकी सेना आयो भन्ने कुरा उठाएको छु।’