अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपाली खेलाडीले देखाएको बहादुरीको सम्मान गर्न सरकारसँग अनेरास्ववियुको माग

नेपाली खेलाडीले देखाएको बहादुरीको सम्मान गर्न सरकारसँग अनेरास्ववियुको माग


काठमाडौँ-नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीले एसिया कपमा नेपाली खेलाडीहरूले देखाएको बहादुरीको सम्मान गर्न सरकारसँग माग गरेको छ। 

आज त्रिचन्द्र क्याम्पस अगाडी शान्तिपूर्ण प्रदर्शन गर्दै अनेरास्ववियुले क्रिकेट खेलमा विश्वका टप देश भारत, पाकिस्तान जस्ता राष्ट्रहरूसँगको खेलमा नेपाली खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेको भन्दै सम्मान स्वरूप पुरस्कृत गर्न माग गरेको हो। 

अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय क्रिकेट खेलमैदानमा फ्लड लाइट जडान गर्न समेत माग गरेको छ। 

शान्तिपूर्ण प्रदर्शनको कोणसभालाई सम्बोधन गर्दै अनेरास्ववियुका केन्द्रीय सचिवले सञ्जीव धितालले नेपाली खेलाडीको साथमा अखिल रहेको भन्दै यथाशीघ्र सरकारले नेपाली खेलाडीलाई सम्मान गर्नुपर्ने बताउनु भयो।

नेपाली खेलाडीहरूले विश्वमा छलाङ मारेको भन्दै नेपाली खेलाडीलाई अझ उचाइमा पुर्‍याउन सरकार जिम्मेवार भएर लाग्नुपर्ने बताउनु भयो।

नेपाली खेलाडीले एसिया कपमा विश्वका नम्बर १ मा रहेको पाकिस्तान र भारतसँग प्रतिस्पर्धा गरेको थियो । 

Skip This