काठमाडौँ-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बैंकहरुले गरिबका लागि ऋण प्रवाह गरेकोमा असन्तुष्टि व्यक्त गर्नु भएको छ।
पार्टीको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले आइतबार च्यासलमा आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबलाई पनि बैंकहरुले कुनै व्यवसाय गर्नका लागि सिड मनिको रुपमा ऋण प्रवाह गर्नुपर्ने बताउनु भयो। उहाँले सहकारी संस्थाहरुसँग सरकारले पनि सहकार्य गरेर अघि बढ्नुपर्ने बताउनु भयो।

ठूलो पुँजीपतिहरुलाई खोजेर अर्बौं लगानी गर्ने बैंकहरुले अझै पनि गरिबलाई ऋण नदिएको अध्यक्ष ओलीले बताउनु भयो। उहाँले साना बैंक तथा वित्तीय संस्थाले बाख्रा पालन जस्ता व्यवसायको लागि दिएको लगानी पनि मुनाफा नभएपछि डुब्ने गरेको स्पष्ट पार्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो, ‘बैंकहरुले कि त अहिलेजस्तै ठूलाठूला पुँजीपति खोजेर लगानी गर्ने, तल साँच्चै जसलाई ऋण चाहिएको छ, उसकहाँ बैंकको ऋण पुग्दैपुग्दैन। जो अर्बपति छ, उसँग मात्रै ऋण पुग्छ। ठूलाकोमा ऋण नपुगोस् भन्ने होइन। ठूलो उद्योगका लागि त्यो पनि आवश्यक छ। ठूला उद्योग, ठूला व्यवसाय सञ्चालन पनि गर्नु पर्छ। त्यसकारण ठूलाका लागि पनि आवश्यक छ।’
अध्यक्ष ओलीले राष्ट्रिय अर्थतन्त्रको निर्माणको सबैभन्दा महत्त्वपूर्ण माध्यम सहकारी हुने भएकाले त्यसको विकासका लागि सरकारलाई सचेत गराउनु भयो ।




प्रतिक्रिया