काठमाडौँ-नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।
देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
आज राति देशभर आंशिकदेखि सामान्य बदली रही कोशी, मधेस, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।




प्रतिक्रिया