अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

यी जिल्लाका नदीमा आज बहाव बढ्न  

यी जिल्लाका नदीमा आज बहाव बढ्न  


काठमाडौँ-देशका केही स्थानमा आज वर्षाको सम्भावना रहेको छ । जसले गर्दा देशका अधिकांश ठूला नदीमा आज पानीको बहाव सामान्य घटबढ हुने पूर्वानुमान छ । 

बाढी पूर्वानुमान महाशाखाका अनुसार केही साना नदीमा बहाव बढ्न सक्ने छ ।

यस दिन इलाम, झापा, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, भोजपुर, संखुवासभा, सिन्धुली, मकवानपुर, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत, अछाम, दैलेख, डोटी, डडेलधुरा, बैतडी र दार्चुला आसपास भई बहने केही साना नदीमा बहाव सामान्य बढ्न सक्ने महाशाखाको पूर्वानुमान छ ।

अबका तीन दिन कोसी, नारायणी, कर्णाली, महाकाली, कन्काई, वाग्मती, कमला, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा जलसतह सामान्य घटबढ हुने महाशाखाले जनाएको छ ।