अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित राजस्व अधिकृत पक्राउ 

नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित राजस्व अधिकृत पक्राउ 


काठमाडौँ–नेपालगन्ज विमानस्थलबाट २६ लाख नगदसहित एक जना पक्राउ परेका छन् । 

प्रहरीले २६ लाख नगदसहित नेपाल सरकारका एक जना कर्मचारीलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा आन्तरिक राजस्व कार्यालय तुलसीपुर दाङका अधिकृत खगेन्द्र सापकोटा रहेका छन् ।

विमानस्थलमा सुरक्षा जाँचका क्रममा सापकोटाको झोलामा ठूलो मात्रामा नगद फेला परेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।