अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

डीएसपीको सपरिवार मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही खोइ ? : अध्यक्ष ओली

डीएसपीको सपरिवार मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही खोइ ? : अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रहरीका डीएसपी र उहाँको परिवारलाई मार्ने धम्की दिने कांग्रेस सांसदलाई कारबाही नभएकोमा सरकारप्रति प्रश्न उठाउनु भएको छ।

तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले असंवैधानिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा सुरक्षाकर्मीको परिवारलाई नै मार्ने धम्की दिइएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘असामाजिक,अमानवीय र गैरकानूनी काममा साथ दिन सक्दिन भन्दा शान्ति सुव्यवस्था र एकताको पक्षमा कुरा गर्दा त्यो सहन नसकेर तिमीलाई त बाँकी राख्दिन, तिम्रा बालबच्चा र घरपरिवारलाई पनि मार्छु भन्नु आतंकवादबाहेक केही होइन। सरकार आफैंले यस्ता अपराध बढाइरहेको छ। सपरिवार मार्छु भनेको छ, त्यस्तो मान्छेलाई कारबाही खोइ ?

अध्यक्ष ओलीले कांग्रेस नेता महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने व्यक्तिलाई पनि सरकारले नै संरक्षण दिएको आरोप लगाउनु भयो । ती व्यक्तिले केही दिनअघि नै माइतीघर मण्डलाबाटै व्यक्तिहरुको नामै किटेर काट्छु मार्छु भनेकोमा सरकारले प्रोत्साहन गरेको ओलीको आरोप छ।