काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार तस्करको संरक्षण र कमिसन चक्करमा लागेको आरोप लगाउनुभएको छ।
तेजाब आक्रमणविरुद्ध पार्टी कार्यालय च्यासलमा सोमबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले सो कुरा बताउनु भएको हो।
अहिलेको सरकार राष्ट्र र जनताको हितमा नभई कमिशनको चक्करमा मात्र लागि परेको अध्यक्ष ओलीले बताउनु भयो।
अध्यक्ष ओलीले सरकारलाई स्टन्डबाजी छाडेर सुशासनको पक्षमा काम गर्न सुझाव दिनुभएको छ। उहाँले भन्नुभयो, ‘वर्तमान सरकार स्टन्डबाजी गर्छ, सरकार तस्करीमा संलग्न हुन्छ र संरक्षण गर्छ । कमिसनखोरीमा डुब्छ जनताको समस्या हुन्छन् तर ती कुराहरू देख्दैन। स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्नुस् ।’
नेपाली नेपालीबीच जात, भाषा, धर्म, सम्प्रदायको नाममा र आस्थाको नाममा द्वन्द्व र अस्थिरता मच्चाउन खोजेको अध्यक्ष ओलीले बताउनु भयो । कुटनीतिज्ञहरू कुटनीतिक मर्यादा नाघेर विभिन्न भेटघाटमा लागेको ओलीको टिप्पणी छ ।




प्रतिक्रिया