काठमाडौं-राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको काम गर्न नसके राजीनामा दिन सुझाव दिनु भएको छ।
राप्रपाले भदौ २७ गते काठमाडौंमा गर्ने विरोध सभाबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता समेत रहेका शाहीले आन्दोलन कस्तो हुन्छ ? प्रधानमन्त्रीलाई आफूहरुले देखाउने बताउनुभयो।
प्रधानमन्त्रीले समाजवादी मोर्चाको सन्देश सभाहरुमा बोल्दै लाखौं जनता सडकमा उतार्ने घोषणा गरेपछि प्रवक्ता शाहीले आन्दोलन राष्ट्रवादी शक्तिले देखाउने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री आफैं हुनुहुन्छ तर विभिन्न ठाउँ ठाउँमा भाषणा गर्दै बर्खा सकियोस् लाखौं जनता सडकमा आउनुपर्यो भन्नुहुन्छ, संसारको कुनैपनि देशमा प्रधानमन्त्रीले आन्दोलन गरेको हामीले देखेका छैनौं। त्यसकारण, राप्रपा प्रधानमन्त्रीलाई खुला चुनौती दिन चाहन्छ अब तपाईंका आन्दोलन गर्ने दिन गए, जनताले प्रधानमन्त्री बनाएका हुन् जनताको काम गरौं काम गर्न सकिँदैन भनेर राजीनामा दिएर घर बसौं होइन भने धेरै चुरीफुरी नगरौं आन्दोलन कसरी गर्नुपर्छ भन्नेकुरा हामीले देखाउँछौं राष्ट्रवादी शक्तिले देखाउँछौं।’




प्रतिक्रिया