अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता

राष्ट्रपति पौडेल र सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्टको भेटवार्ता


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलसँग कोरियाको सामसुङ कम्पनीका ग्लोबल प्रेसिडेन्ट सिउङ ही पार्कले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ। सो भेटमा राष्ट्रपति पौडेलले कोरियाले गरेको विकासको प्रशंसा गर्दै सूचना प्रविधिका विभिन्न पक्षमा चासो राख्नुभएको थियो।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा पार्कले सामसुङ कम्पनीले नेपालमा सञ्चालन गरेको विभिन्न उत्पादन तथा सो सम्बन्धी गतिविधिबारे सङ्क्षिप्तमा जानकारी गराउनुभएको थियो।

नेपालमा सञ्चालन गर्न सकिने फ्याक्ट्री, सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली विद्यार्थीहरूलाई उच्चस्तरको सूचना प्रविधिसम्बन्धी तालिम तथा भविष्यमा सामसुङ कम्पनी र नेपालबीच हुन सक्ने सहयोग योजना तथा सूचना प्रविधि र औद्योगिक उत्पादन सम्बन्धीका योजनाबारे पनि पार्कले जानकारी गराउनुभएको थियो।

सो अवसरमा सामसुङका उपाध्यक्षद्वय हयुङ वू ली र सुङ जुन पार्क, प्रबन्ध निर्देशक ह्युन ली, नेपालका लागि कोरियन राजदूत ताइ–योङ पार्क र गोल्छा समूहका अध्यक्ष शेखर गोल्छा लगायतको उपस्थिति थियो।

Skip This