अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पत्रकार राजेन्द्र पराजुलीको निधन

पत्रकार राजेन्द्र पराजुलीको निधन


काठमाडौं-पत्रकार तथा साहित्यकार राजेन्द्र पराजुलीको निधन भएको छ। 

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का सल्लाहाकारसमेत रहेका पराजुलीको उपचारको क्रममा बिएन्डबी अस्पतालमा निधन भएको हो।

निमोनियाले ग्रस्त भएपछि उनलाई सोमबार राति अस्पताल पुर्याइएको थियो। अस्पताल स्रोतका अनुसार मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको हो। उनी ५८ वर्षका थिए। 

उनको आजै दिउँसो पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ। 

पत्रकार तथा साहित्यकार पराजुलीका ‘कोटेश्वरको केटो’, ‘अघोरी’, ‘शुक्रराज शास्त्रीको चश्मा’ लगायत आधा दर्जन किताब प्रकाशित छन्।

पराजुलीका श्रीमती, एक छोरा र एक छोरी छन्।

Skip This