अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको निधनमा राष्ट्रपतिद्वारा दुःख व्यक्त

नेम्वाङको निधनमा राष्ट्रपतिद्वारा दुःख व्यक्त


काठमाडौँ-राष्ट्रपति रामचन्द्र पौडेलले एमाले उपाध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनु भएको छ। 

दुःखको यस घडीमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै राष्ट्रपतिले शोकाकुल परिवार, गणतन्त्र पक्षधर तथा उहाँको पार्टी एमालेप्रति गहिरो समवेदना प्रकट गरेका छन्। 

राष्ट्रपतिको आधिकारिक सामाजिक सञ्जाल एक्समा लेखिएको छ, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले संविधानसभा अध्यक्ष  सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत र स्तब्ध भएको बताउनुभएकोछ। दुःखको यस घडिमा नेम्वाङप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै नेम्वाङ परिवार,गणतन्त्र पक्षधर तथा उहाँको पार्टीप्रति गहिरो समवेदना प्रकट गर्नुभएको छ।’

नेम्वाङको गएराति हृदयघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा निधन भएको थियो ।

Skip This