अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेम्वाङको पार्थिव शरीर शिक्षण अस्पतालबाट एमाले पार्टी कार्यालय च्यासल ल्याइँदै

नेम्वाङको पार्थिव शरीर शिक्षण अस्पतालबाट एमाले पार्टी कार्यालय च्यासल ल्याइँदै


काठमाडौं–संविधानसभा अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर एमाले पार्टी कार्यालय च्यासल ल्याइँदैछ। उहाँको पार्थिव शरीर शिक्षण अस्पताल महाराजगञ्जबाट पार्टी कार्यालय ल्याउने तयारी गरिएको छ।

आज दिनभर एमाले पार्टी कार्यालयमा नेम्वाङको शव श्रद्धाञ्जलीका लागि राखिनेछ। सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहेका नेम्वाङलाई मंगलबार राति हृदयघात भएपछि उपचारका लागि राति १: ३० बजे त्रिवि शिक्षण अस्पताल लगिएकोमा उपचारको क्रममा त्यहीँ निधन भएको हो।

उहाँबारे जानकारी लिन प्रधानमन्त्री पुष्पकमल दाहाल, पार्टी अध्यक्ष केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालगायत पार्टी नेता अस्पताल पुग्नुभएको थियो।

सरकारले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको छ। सिंहदरबारमा मंगलबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय हो।

छोराहरू विदेशमा रहेकाले नेम्वाङको अन्त्येष्टिको टुंगो नलागेकाले  जुन दिन अन्त्येष्टि  हुन्छ सोही दिन सार्वजनिक बिदा दिनेगरी सरकारले  निर्णय गरेको हो। विदेशमा रहेका छोराहरू फर्केपछि मात्रै नेम्वाङको अन्तिम संस्कार हुनेछ। 

Skip This